वन तथा वातावरण मन्त्री माननीय माधव प्रसाद चौलागाईबाट वन परिसर प्रवेसद्वार, बबरमहलमा रहेको होर्डिङ बोर्डमा विश्व सिमसार दिवस, २०८२ उल्लेखित व्यानर अनावरण गर्नुका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरी विश्व सिमसार दिवस, २०८२ (February 02, 2026) मनाईयो ।
व्यानर अनावरण तथा अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिवज्यू, सहसचिवज्यूहरु, वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वनस्पती विभाग, वातावरण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण केन्द्रका महानिर्देशक, उपमहानिर्देशकहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, सावेन सचिवालय, नेपाल वन निगम, संरक्षणका साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेडएसएलका प्रमुख तथा प्रतिनिधिज्यूहरुका साथै विभागहरुका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।