दुरदृष्टि
संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी वन्यजन्तु, पारिस्थिकीय प्रणाली र प्राकृतिक श्रोतको संरक्षण गर्ने।
गन्तव्य
नेपालको प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण तथा व्यवस्थापन मार्फत पर्या-पर्यटनको विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुर्याउने।
मूल्य मान्यता
क. जैविक विविधताको संरक्षण
ख. धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापन
ग. आमोद प्रमोद, साहसीक पर्यटन, पर्यापर्यटनको प्रर्वधन।
घ. अध्ययन तथा अनुसन्धान
ङ. राजस्व आम्दानीमा योगदान
च. रोजगारी सृजना
छ. स्थानीय समुदायको जीविकोपार्जनमा सुधार