नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

मकालु बरुण राष्ट्रिय निकुन्ज

स्थापनाः २०४९ साल (सन् १९९१)

 म. क्षे. स्थापनाः २०५५ साल (सन् १९९९)

क्षेत्रफलः १,५०० वर्ग कि.मि. 

म. क्षे. क्षेत्रफलः ८३० वर्ग कि.मि.

यो राष्ट्रिय निकुञ्ज समुद्री सतहबाट ४३५ मि. उँचाइदेखि ४० कि.मि. उत्तर दक्षिण दूरीभित्रै ८,४६३ मि. अग्लो विश्वको पाँचौं अग्लो हिमाल मकालु हिमशिखरसम्म फैलिएको छ । यसलाई बृहत् सगरमाथा पारिस्थितिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग मानिएको छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्दछन् । यो निकुञ्ज क्बअचभम ज्ष्mबबिथब ीबलमकअबउभ जैविक मार्गको हिसाबले पूर्वमा कंचनजंघा संरक्षण क्षेत्र र गुराँसको राजधानी मानिने मिल्के जलजले क्षेत्रसँग जोडिएको छ । अविश्वसनीय भिरालो भू–बनोट तथा पूर्वी हिमालयको भारी मनसूनी वर्षाले (१००० देखि ४००० मि.मि. प्रतिवर्ष यो निकुञ्ज असाधारण जैविक विविधता तथा जडिबुटी र वनस्पतिहरूको भण्डारको रूपमा रहेको छ ।

निकुञ्जका प्राकृतिक भू–बनौट र भू–भागमा पाइने प्राकृतिक स्रोतहरूलाई दिगो सरंक्षण प्रवर्धन गर्न,स्थानीय बासिन्दालार्इ आवश्यक पर्ने वन पैदावार निरन्तर रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र छुट्याई व्यवस्थापन गर्ने कार्यको थालनी भएको छ । यस राष्ट्रिय निकुञ्जले भोटे, राई, शेर्पा लगायतका जातिहरूको सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणमा पनि योगदान पु¥याएको छ । पर्या–पर्यटनको विकासको क्रममा रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ । तथापि, पर्याप्त आम्दानीको अभावमा मध्यवर्ती क्षेत्रका कार्यक्रमहरूको संचालन त्यति प्रभावकारी रुपमा हुन सकेको छैन ।

४००० मि. भन्दा बढी उँचाइमा रहेका उच्च पहाडी खर्कमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने सुनपाते, सुगन्धित झारपातहरू तथा जंगली फूलहरू पाइन्छन् । उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २००० देखि ४००० मि. उँचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र पूर्वेली चाँप पाइन्छन् । वन्यजन्तुहरूमा मुख्यतः कस्तुरी मृग, हिमाली कालो भालु, हिउँ चितुवा, रातो पाण्डा लगायत ४३१ प्रकारका चराचुरुङ्गीहरू पाइन्छन् । उँचाइ र हावापानीको विविधताको संयोगले गर्दा यो निकुञ्ज विविध किसिमका वनस्पति र वन्यजन्तुको लागि धनी छ । यहाँका प्राकृतिक इकोसिष्टम तथा प्रक्रियाहरू वैज्ञानिक अध्ययन, वातावरणीय निर्देशन, शिक्षा र प्रजनन स्रोतहरूको निर्वाहका लागि महत्वपूर्ण प्राकृतिक सम्पदा हुन् ।


गुगल नक्शा