नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

विश्व सिमसार दिवस (2 February 2018), भब्यताका साथ सम्पन्न

माननीय वन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डेज्यूको प्रमुख आतिथ्यमा “दिगो सहरी भविष्यका लागि सिमसार”भन्ने मूलनाराका साथ२२ औं विश्व सिमसार दिवस २ फेब्रुअरी २०१८ तदनुसार १९ माघ २०७४ गते सिमसारको संरक्षणमा व्यापक जनचेतनाअभिवृद्धि गर्ने उद्देश्यले केन्द्रीयस्तरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राङ्गण बबरमहलमा विशेष जनचेतनामूलक कार्यक्रमगरी मनाइयो । बबरमहल वनपरिसरबाट माइतीघर मण्डला, बिजुलीबजार हुदै बानेश्वर भई पूनः बबरमहल वनपरिसरसम्म हरित र्याली (प्रभातफेरी) गरियो ।

कार्यक्रमका प्रमुख अतिथि, माननीय वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेज्यूले वन परिसर, बबरमहलमा राखिएको विश्व सिमसार दिवसको होर्डिङ्ग बोर्डको अनावरण गर्नुभयो । नेपालमा गोही संरक्षण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको गोही संरक्षण कार्ययोजना रराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक श्री विश्वनाथ उप्रेतीद्धारा लिखित पुस्तक "Early Stage of Conservation in Nepal" प्रिमुख अतिथिबाट विमोचन गरियो । एम्बिसन एकेडीमीका विद्यार्थीहरुबाट जोगाऔं सिमसार नाटक प्रस्तुत गरियो । प्रकृति संरक्षणका लागि जनचेतना जगाउने चेतनामूलक गीत बरिष्ठ गायिका श्री लोचन भट्टराईले गाउनु भयो । विश्व सिमसार दिवसको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरियो । ।विगत चार दशक भन्दा लामो समय नेपालको चरा संरक्षणमा विशेष योगदान पुर्याउनु भएकी बेलायती नागरिक Carol Inskipp लाई कार्यक्रममा विशेष सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री विक्रम पाण्डेज्यूले सिमसारको संरक्षण र व्यवस्थापन गरी दिगो सहरी भविष्यलाई सुनिश्चित गर्दै सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी सहरी जनजीवन जिवन्त बनाउनु पर्ने, सिमसार क्षेत्रको बारेमा संविधानमा भएको अधिकार बांडफांड समेतलाई आधारमानि सरोकारवालाहरुको समेत राय सुझावहरुको आधारमा राष्ट्रिय सिमसार नीति २०६९ लाई संशोधन गर्नुपर्ने, साथैसबै सरोकारवालानिकायहरुलाई सहभागी गराई रामसारमा सूचिकृत सिमसार क्षेत्रहरुको रणनीतिक योजना यथाशक्य चाडो तयार गरी सोही बमोजिम कार्यान्वयनमा लैजान जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि माननीय वन तथा भू संरक्षण राज्यमन्त्री कमला देवी शर्माज्यूले सिमसारको संरक्षणमा रहेका चुनौतीहरुलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरु बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा. युवक ध्वज जी.सी.ले जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि सिमसार क्षेत्र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको बताउनु भयो । सिमसारको संरक्षण र दिगो व्यवस्थापनमासरकारी निकाय, स्थानीय निकाय र गैरसरकारी संघसंस्थासबैको समन्वय र साझेदारी हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले राष्ट्रिय र अन्तरािष्ट्रय नीति अनुरुप सिमसारको संरक्षण र व्यवस्थापनमा कटिबद्ध रही कार्य गर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरु, सिमसारको संरक्षणमा प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा सरकारी तथा गैरसकारी कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिमसार तथा जैविक विविधता क्षेत्रका विज्ञहरु, संचारकर्मीहरु सहित करिब ५०० जनाको उपस्थिती रहेको थियो ।