नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

अन्तर्राष्ट्रिय जैविक विविधता दिवश २०७५ सम्पन्न

माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा जैविक विविधता महासन्धिका २५ वर्ष: पृथ्वीमा सुरक्षित जीवनको सुरक्षित सुनिश्चतता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय जैविक विविधता दिवश २२ मे २०१८ तदनुसार ८ जेष्ठ २०७५ का दिन जैविक विविधताको संरक्षण तथा व्यवस्थापनमा व्यापक जनचेतना जगाउने उद्देश्यले केन्द्रियस्तरमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहल, खुमलटार, ललितपुरमा विशेष कार्यक्रम गरी मनाइयो । उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तर्गतकका ५ वटा विभागहरु र संरक्षण साझेदार संस्थाहरुबाट विभिन्न स्टलहरु राखिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि मा. वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जैविक विविधताका दृष्टिले नेपाल विश्वमा धनी राष्ट्र रहेको र यस पुँजीलाई पुजिकृत गर्दै समृद्ध नेपाल बनाउनु पर्ने, जैविक श्रोतहरुको दीगो प्रयोग र लाभको समन्यायीक वितरण हुन पर्नेमा जोड दिनु भयो । मन्तव्यको क्रममा मा. मन्त्रीले मानवलाई केन्द्रमा राखेर जैविक विविधताको संरक्षण गरे नेपाल सरकारले अघि बढाएको समृद्ध नेपाल खुशि नेपालको परिकल्पना पुरा हुने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका मा. सदस्य डा. कृष्ण प्रसाद वली र कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जि.सि ले पनि मन्तव्य राख्नु भएको थियो । वन तथा वातावरण मन्त्रालयका सचिव एवं कार्यक्रमका सभध्यक्ष डा. विश्वनाथ ओलीले जैविक विविधता महासन्धिको नेपाल पक्ष राष्ट्र भएको, सबैको साझा प्रयासले नेपालको जैविक विविधता संरक्षणमा उल्लेख्य उपलब्धि हासिल भएको र नेपाल सरकारको नीति तथा कार्यक्रममा जैविक विविधता संरक्षण समावेश भएकोले सरकार जैविक विविधता संरक्षणमा संबेदनशिल रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जैविक विविधता महासन्धि पछि नेपालले हासिल गरेका उपलब्धी र त्यसमा देखिएका चुनौतीका विषयमा प्रस्तुती गर्नु भएको थियो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धु प्रसाद ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको थियो भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव (प्रा.) श्री विष्णु प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा नेपालका जैविक विविधता सम्बन्धी फोटो किताब, राष्ट्रिय रामसार रणनीतिक योजना, विजयसाल संरक्षण कार्ययोजना, संरक्षण झिल्काहरु, नेपालमा वन्यजन्तुको आखेटोपहार व्यवस्थापन, पोखराका ताल समूहको व्यवस्थापन योजना र जैविक विविधता संरक्षणमा २५ वर्षे उपलब्धी भन्ने पुस्तकहरु विमोचन गरिएको थियो ।