राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. पेम नारायण कंडेल नेपाल सरकारको सचिव पदमा बढुवा हुनु भएकोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गत कार्यालयहरुको तर्फबाट आज बधाई ज्ञापन गर्नुका साथै बिदाई कार्यक्रम गरियो । उक्त कार्यक्रममा विभागका शाखा प्रमुख लगायत कर्मचारीहरु, शिवपुरी नागार्जुन रा.नि. का प्रमुख संरक्षण अधिकृत, राष्ट्रिय प्राणी उद्यानका निर्देशक तथा राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका प्रमुख (सहायक रथी) समेतको उपस्थिति रहेको थियो ।